पोख्रेबुङ बस्तीका मानिसहरूको लागि स्वास्थ्य सुविधा

सुकेपोखरी: दार्जिलिङ सेवा संस्था एवम् गोर्खा च्यारिटेबल पोख्रेबुङ क्षेत्रीय संयोजक तथा सामाजिक कार्यकर्ता पोख्रेबुङ बस्ती खण्ड नम्बर चार निवासी राजेश खवासले कोभिड 19-को महामारीलाई केन्द्र गरेर पोख्रेबुङ बस्तीका मानिसहरूको स्वास्थ्य सुविधाको निम्ति प्रारम्भिक चिकित्सा सामग्रीहरूको व्यवस्था गरिदिएका गरेका छन्। तिनले आफ्नै बलवुँतामा सामग्रीहरू अक्सिमीटर, ग्लुकोमीटर, प्रेसर मशिन, सुगर स्ट्रिप्स आदि नि:शुल्क रूपमा अथवा खुबै कम्ती शुल्कमा सर्वसाधरणको सेवा गर्ने योजना बनाएका छन्। फार्मेसिस्टबाट आवश्यक प्रशिक्षण लिएका तिनले इन्टरनेटको माध्यमबाट पनि ज्ञान आर्जन गर्दै आएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *