पोख्रेबुङ बस्तीमा पिउने पानी ट्याङ्कीको उद्घाटन

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत 2 क्षेत्रको पोख्रेबुङ बस्ती नम्बर 4 स्कुल डाँड़ामा पिउने पानी परियोजना अन्तर्गत निर्माण गरिएको पिउने पानी ट्याङ्कीको जोरबङ्गलो सुके खण्ड विकास अधिकारी सामेरुल ईस्लामले विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा तिनले पोख्रबुङ बस्ती क्षेत्रका कृषकहरूलाई विभागको पक्षबाट सहयोग प्रदान गरिदिने आश्वासन पनि दिए। कार्यक्रममा भूतपूर्व सैनिक प्रेम छिरिङ लेप्चाले बस्ती क्षेत्रमा बीडीओको प्रथम स्थलगत भ्रमण रहेको बताउँदै आफुले यतिका उमेरसम्म पनि बस्ती क्षेत्रमा विभागीय अधिकारीले निरीक्षण गरेको यो प्रथम हो भन्दै कृषि विकास र कृषकको उत्थानको निम्ति राम्रो सोंच रहेकोले बीडीओ ईस्लामप्रति तिनले आभार प्रकट गरे।


पूर्व शिक्षक प्रेम कुमार खवासको सञ्चालनमा सम्पन्न कार्यक्रममा खण्ड अभियन्ता छिरिङ वाङदी शेर्पा, प्रयास मग्रान्ती, कार्यालयका बडाबाबु अदित्य पाण्डे, पोख्रेबुङ 1 पञ्चायत सचिव प्रतिभा लामा, रमित लेप्चा, खण्ड कार्यालयका फुर्बा छिरिङ शेर्पा तथा स्थानीय समाजका सदस्यहरू लगायत स्थानीय मानिसहरू उपस्थित  थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *