पोख्रेबुङ बस्तीमा सेनिटाइज साथै डेंगुबारे जनचेतना

पोख्रेबुङ: जोरबङ्लो सुके खण्डको पोख्रेबुङ ग्राम पञ्चायत एक अन्तर्गत पोख्रेबुङ बस्ती वार्ड नम्बर 5-मा आज सुके खण्ड विकाश अधिकारी समेरुल इस्लामको निर्देशनमा सेनिटाइज गरियो । यसको साथै डेंगु विषयमा एउटा जनचेतना कार्यक्रम पनि सम्पन्न गरियो। पञ्चायत कर्मी गगनदीप राई, आँगनबाडी हेमलता राई अनि स्वनिर्भर दलका पुजा तामाङको अगुवाईमा  उक्त कार्य गरिएको थियो भने यस अवसरमा खेमसाङ तामाङ, कृष्ण राई, सिद्धु रुम्बा आदिको विशेष सहयोग रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *