पोख्रेबुङ चामोङ समष्टिको सभामा अनित थापालाई समर्थन

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा पोख्रेबुङ चामोङ समष्टि विघटन गरेपछि महकुमा अनि केन्द्रीय समितिले नोबल बम्जनलाई यस समष्टिको संयोजकको पदभार दिएको छ। यसैले तिनको अगुवाइमा आज पोख्रेबुङ सार्वजनिक भवनमा समष्टि स्तरीय एउटा सभा सम्पन्न गरियो। उक्त सभामा केन्द्रीय समिति सह सचिव ज्योति कुमार राई, केन्द्रीय सदस्य सीडी बान्तवा, बीबी राई, उदय देवान साथै समष्टी अन्तर्गत सम्पूर्ण बुथका प्रतिनिधिहरू उपस्थित थिए। सभाले अनित थापाको नेतृत्वलाई समर्थन गर्दै अघि बढ्ने निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *