पोख्रेबुङ एकता परिवारद्वारा मास्क वितरण

सकेपोखरी : कोरोनाको दोस्रो लहरको प्रकोप हाल दार्जिलिङ पहाडमा पनि बढ्दै गइरहेको छ। यसैले गर्दा कोरोनाबारे साधारण मानिसहरू जागरूक गर्ने उद्देश्य लिएर आज पोख्रेबुङ एकता परिवारले यहाँको बजारमा मानिसहरूलाई मास्क प्रयोग गर्नु अनिवार्य रहेको बताउँदै मास्क वितरण गरे। यस अवसरमा पोख्रेबुङ एकता परिवारका सभापति दिपेन राई, सचिव अमिर राई तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *