पोख्रेबुङ ग्राम पञ्चायत तीनको सभा

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको कार्यालयमा एक्ज्युकेटिभ अफिसर महेन्द्र सिन्चुरीको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। उक्त सभामा द्वारे सरकार अभियान मार्फत् एउटै छानोमुनी एकै दिनमा विभिन्न योजनाहरूको समस्या सामधान गरिने जानकारी गराइयो।


आगामी 2 दिसम्बर नागरी फार्म उच्चतर माध्यमिक विद्यालय भवनमा उक्त अभियानमाथि विशेष कार्यक्रम आयोजना गरिएको पनि जानकारी गराइयो। पोख्रेबुङ ग्राम पञ्चायत तीनको सम्पूर्ण स्वनिर्भर समूह तथा आईसीडीएस कर्मचारीलाई लिएर उक्त सभा सम्पन्न गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *