पोख्रेबुङ ग्राम पञ्चायतमा राशन कार्ड संशोधन अनि आधार लिङ्क गराउने कार्य जारी

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनमा राशन कार्ड संशोधन अनि आधार लिङ्क गराउने कार्य यथावत् छ। यसै क्रममा घर दैलो अभियान अन्तर्गत  गाउँका सार्वजनिक भवन तथा स्कुलमा पञ्चायत कर्मीले उक्त कार्य गरिरहेका  छन्। मलट पुलबजारमा राशन कार्ड संशोधन अनि आधार लिङ्क गराउने कार्य सम्पन्न भइरहेको छ भने यसद्वारा 90 प्रतिशत उपभोक्ताहरू लाभान्वित बनेको जानकारी प्राप्त भएको छ। राशन कार्ड संशोधन अनि आधार लिङ्क गराउने कार्यमा स्थानीय मानिसले विशेष सहयोग पुऱ्याएको छ। पञ्चायत कर्मी लाक्पा दोर्जे लामा तामाङ, बीएलओ धीरज थापा तथा अजय बिहानीले यसबारे थप जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *