पोख्रेबुङ ग्राम पञ्चायत तीनमा ‘द्वारे सरकार’ शिविर

सुकेपोखरी : मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा पश्चिम बंगाल राज्यका ग्रामीण जनसाधारणलाई पञ्चयत स्तरीय सरकारी सेवा अनि सहुलियतलाई घर दैलो पुऱ्याउने उदेश्य राखेर सुरू गरिएको “द्वारे सरकार” अभियान जोरबङलो सुकेपोखरी खण्डको पोख्रेबुङ ग्राम पञ्चायत तीनमा सम्पन्न भयो। नागरी फार्म उच्चतर माध्यमिक विद्यालय भवनमा सम्पन्न कार्यक्रममा मानिसहरूले राज्य सरकारद्वारा प्रदान गरिने विभिन्न सरकारी योजनाहरूको जानकारी, आवेदन अनि सेवाहरूको लाभ उठाउनको साथै कार्यक्रममा उपस्थित मानिसहरूले उत्साहित बनेर सरकार यस पहलको सरहना गरे। कार्यक्रमको निरीक्षण गर्न खण्ड विकास अधिकारी तथा अन्यको उपस्थिति रहेको थियो। उक्त शिविर सम्पन्न गर्न आईसीडीएस कर्मचारी, स्वनिर्भर दलहरू, पुलिस प्रशासन तथा अन्यले पनि विशेष सहयोग पुऱ्याएको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *