पोख्रेबुङको विभिन्न स्कूलमा 207औं भानु जयन्ती पालन

सुकेपोखरी: इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालय मगरजोङ चियाबारीको तत्वावधानमा प्रधानाध्यापक विकास शर्माको अध्यक्षतामा 207 औं भानु जयन्ती सामान्य रूपमा पालन गरियो। यस अवसरमा सर्वप्रथम भानुभक्तको फोटोमा दीप प्रज्वलन तथा माल्यार्पण गरेपछि शुरू गरिएको कार्यक्रममा विद्यालयका शिक्षिकाहरूले रामायण पाठ गरे भने सह-शिक्षक दिपेन प्रधानले कविता पाठ तथा सहशिक्षक अमर स्याङदेन, रिवाङ तामाङ आदिले आदिकवि भानुभक्तको जीवनीमाथि प्रकाश पारे।


यसैगरी, अर्किड भेल्ली एकाडेमी स्कूल पोख्रेबुङको तत्वावधानमा पनि आज अनलाइन प्रक्रियामार्फत भानु जयन्ती पालन गरियो । संयोजक विश्वास गुरूङ, प्रिन्सिपल प्रेम खवास, प्रोप्राइटर अनिल प्रधान र किरण सुब्बा रहेका यस स्कूलका विद्यार्थीहरूले कोभिड संक्रमणको कारण स्कूल बन्द भएकाले अनलाइन प्रक्रियामार्फत् भानु जयन्ती पालन गरेका बताइएको छ । सृष्टि गुप्ता, मन्त्रणा घिमिरे ,दिव्यासा गुरुङ, अभिषेक प्रधान, प्रथम सुब्बा (पूर्व विद्यार्थी), प्रकृति राई, अस्मिता गुरुङ, लारिप लेप्चा, ईसान्त राई, आकांक्षा प्रधान, आयुस गुप्ता, आकांक्षा प्रधान आदिले कवि भानुभक्त आचार्यको स्केच तथा जीवनी तयार गरेका थिए भने सर्वश्री मुखियाले स्वरचित कविता वाचन गरेकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *