पोख्रेबुङको एकै परिवारका 6 जना सिलगढी अस्पतालमा रेफर

सुकेपोखरी : पोख्रेबुङ साङ्गेटार स्थित स्वास्थ्य केन्द्रको क्वारेन्टाइन सेन्टरबाट एकै परिवारका 6 जना सदस्यलाई दिसान अस्पतालमा रेफर गरिएको छ। केही दिन अघि सोनादा पचेङका कोरोना संक्रमित दुईजना व्यक्तिको परिवारलाई साङ्गेटार क्वारेन्टाइन सेन्टरमा राखेपछि तिनीहरूमा कोरोनाको लक्षण देखिएपछि जिल्ला अस्पतालको निर्देशनमा सिलगढ़ी दिसान अस्पतालमा रेफर गरिएको बताइएको छ। खण्ड स्वास्थ्य अधिकारीले तिनीहरूको नमुना परीक्षण भएपछि मात्र यसबारे थाहा लाग्ने बताउँदै क्षेत्रमा फैलिएको अफवाहलाई केन्द्र गरेर सर्वसाधरणलाई संयमित रहने तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *