पोख्रेबुङको समरीपानी टपलाइनमा सेनिटाइज

सुकेपोखरी : हाल कोरोनाको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित भइरहेका छन्। यसैले यसको रोकथाम गर्ने उद्देश्य लिएर आज पोख्रेबुङ ग्राम पञ्चायत  दुईको समरीपानी टपलाइनमा आशा स्वनिर्भर दलको पहलमा सेनिटाइज गरियो। आफ्नो गाउँलाई कोरोना मुक्त बनाउने उद्देश्य लिएर उक्त अभियान चलाइएको आशा स्वनिर्भर दलका प्रतिनिधिले बताइन्। आजको सेनिटाइज कार्यमा थप सहयोग पुऱ्याएकोमा ग्राम सुधार समिति तथा गाउँका युवाहरूप्रति तिनले आभार व्यक्त गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *