पोख्रेबुङमा अनुज्ञालय राइजिङ स्टार चिल्ड्रेन क्लब गठन

सुकेपोखरी : पोख्रेबुङ बस्ती खण्ड नम्बर चारमा अनुज्ञालय राइजिङ स्टार चिल्ड्रेन क्लब गठन गरियो। नव गठित चिल्ड्रेन क्लबमा सभापति लोकेश राई, सचिव प्रेरणा बिष्ट, कोषाध्यक्ष सुहाना सिहं लगायत 20 जनाको सदस्य चयन गरियो। राजेश खवासको पहलमा सम्पन्न कार्यक्रममा अनुज्ञालय दार्जिलिङ सीपीडव्ल्यु तेञ्जिङ लेप्चा, प्रकाश एकता परिवारका देशराज सुब्बा, रत्न सिञ्चुरी, आईसीडीएस-का झरना सुब्बा, स्वनिर्भर दलका प्रतिनिधि तथा अन्यको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *