पोख्रेबुङमा नशा उन्मूलन-बारे कार्यक्रम

सुकेपोखरी : पोख्रेबुङ टु मल्टिप्रपोज वुमन प्राइमेरी कोअपरेटिभ सोसाइटी तथा अनुज्ञालय दार्जिलिङ डीएसएसएस पोख्रेबुङ युनिटको संयुक्त पहलमा हाट बजार सार्वजनिक भवनमा नशा उन्मूलनबारे आज एउटा कार्यक्रमको आयोजना गरियो। चेयर पर्सनको रूपमा उपस्थित प्रमुख अतिथि स्पोर्टसमेन प्रेमिस भोटियाले तथा सुकेपोखरी थाना प्रभारी ओसी सुदीप कुमार विश्वासले आ-आफ्नो व्यक्तव्य राखे। उक्त कार्यक्रममा पोख्रेबुङ नागरी क्षेत्रका विभिन्न चिल्ड्रेन क्लबका नानीहरूले विषय केन्द्रित मन्तव्य, कविता, गीत, नृत्य तथा नाटक प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *