पोख्रेबुङ मिनी फुटबल टुर्नामेन्टमा तुङसुङ विजयी

सुकेपोखरी : पोख्रेबोङ बस्ती, ठकुरी गाउँ खेल मैदानमा रोङक्योङ सेजुम खण्ड संख्या एक र दुईको पहलमा आयोजित मिनी फुटबल टुर्नामेन्टको फाइनल खेल तुङसुङ चियाबारी चार बनाम तुङसुङ एकमाझ सम्पन्न भयो। उक्त फाइनल खेलमा एकको विरुद्ध तीन गोल गरेर तुङसुङ एक विजयी बन्यो। पोख्रेबुङ परिसरका 30 दल सहभागी बनेको टुर्नामेन्टको फाइनल खेल प्रेम छिरीङ लेप्चाको अध्यक्षतामा सम्पन्न भयो। लेप्चा संगठनका कालेबुङ जिल्ला युवा संयोजक इमान लेप्चाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई कालदेन लेप्चाले सञ्चालन गरेका थिए। विशिष्ठ अतिथिको रूपमा उपस्थित नागरी फार्म उच्चतर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यपक जेसी ठकुरी र अन्यले सम्बोधन गरेको कार्यक्रममा साङ्गीतिक र सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। फाइनल खेलका विजेता तथा उपविजेता दुवै दललाई ट्रफी प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *