पोख्रेबुङ नागरी समष्टिका युवाहरू गोरामुमोमा सामेल

दार्जिलिङ: गोरामुमो पोख्रेबुङ नागरी समष्टि युवा एकाईको सांगठनिक सभा दार्जिलिङको ग्लेनेरिज रेस्टुरेन्टमा सम्पन्न भयो। दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको अध्यक्षतामा बसेको सभालाई दार्जिलिङ ब्राञ्च महासचिव सन्दीप लिम्बुले सञ्चालन गरेका थिए । बर्तमान समयमा गोरामुमोमा विभिन्न ठाउँका युवाहरु लगातार जोडिने क्रममा पोख्रेबुङ नागरी समष्टि अन्तर्गत समरिक पानी, पोख्रेबुङ अनि धजियाबाट युवाहरु गोरामुमोमा सामेल भएको पार्टी सूत्रले जनाएको छ। दार्जिलिङ शाखाका गोरामुमो अध्यक्ष अजय एडवर्डले तिनीहरूलाई पार्टीमा स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे। गोरामुमोको मुल मन्त्र पार्टी भन्दा जाति ठूलो, जाति भन्दा माटो ठूलो भन्ने मन्त्रलाई शिरोपर गरेर आफुहरू गोरामुमोमा सामेल भएको कुरा समर्थन जनाउने युवाहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *