पोख्रेबुङ नागरी धजेका स्कुलहरूमा उच्च माध्यमिक परीक्षा शुरू

पोख्रेबुङ: राज्यका अन्य ठाउँहरूमा झैं पोख्रेबुङ नागरी धजेका स्कुलहरूमा पनि उच्च माध्यमिक परीक्षा आजदेखि शान्तिपूर्वक शुरू भयो। यसैक्रममा यहाँको इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालय मगरजोङ चियाबारीमा पनि यस वर्षको उच्च माध्यमिक परीक्षा आजदेखि शुरु गरियो। यस वर्ष मोठ 38 जना परीक्षार्थीहरुले आज यस विद्यालयबाट परीक्षा दिएको प्रधानाध्यापक विकास शर्माले जानकारी गराएका छन्। विशेष कोभिड 19 को नियमलाई पालन गर्दै आज पहिलो दिनको परीक्षा शान्तिपूर्ण ढङ्गमा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *