पोख्रेबुङ नागरी धजेमा हाम्रो स्वाभिमान ट्रस्ट नयाँ दिल्लीको भ्रमण कार्यक्रम

सुकेपोखरी: सुके खण्डको पोख्रेबुङ नागरी धजे क्षेत्रमा आज हाम्रो स्वाभिमान ट्रस्ट नयाँ दिल्लीका प्रेम छेत्रीको भ्रमण कार्यक्रम अवधि तिनलाई खदा माला अर्पण गर्दै भव्य स्वागत जनाइयो। यसको साथै क्षेत्रका साहित्यकार तथा समालोचक किसान प्रधान, नागरी तल्लो विभाग ग्राम कल्याण समाजका सभापति सचिव आदिले पनि प्रेम छेत्री अनि जयेन्द्र भट्टराई (दार्जिलिङ)लाई भव्य स्वागत जनाइयो। स्मरण रहोस्, हाम्रो स्वाभिमान ट्रस्ट नयाँ दिल्लीले यस वर्ष बीरेन्द्र सुब्बा स्मृति साहित्य पुरस्कार कवि किसान प्रधान, हरिप्रसाद गोर्खा राई साहित्य स्मृतिडा. लाङमू  लेप्चा, गोपीनारायण स्मृति साहित्य सम्मान साहित्यकार केबी नेपाल, नेपाली साहित्य सम्मान पुरस्कार समालोचक सुकराज दियालीलाई प्रदान गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *