पोख्रेबुङ चामोङ समष्टिको गोजमुमो 2-का नेताहरूद्वारा राजीनामा

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा दुई-को पोख्रेबोङ चामोङ समष्टि साङ्गठानिक सचिव तथा समष्टि प्रवक्ता विलाश भारती, बुथ नम्बर २३/२८८ युवा मोर्चा अध्यक्ष भास्कर बराइली र युवा मोर्चा सहसचिव भवेश सुब्बाले आफ्नो पद अनि साधरण सदस्यताबाट राजीनामा दिएका छन्।


विगत 2007 देखि पार्टीमा सक्रिय रुपले कार्य गर्दै आइरहेको साथै 2017 मा सात महिनासम्म जेलबन्दी जीवन बिताएको जानकारी दिँदै विलाश भारतीले पार्टी अनि पदमा रहेर आफु माथि आस्था राख्ने जनसाधारणको सुविधाको निम्ति केही गर्न असफल रहेको हुनाले पार्टीको पद अनि साधारण सदस्यताबाट नै राजीनामा दिएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *