पोख्रेबुङमा स्मृति संघ भानुग्राम-द्वारा सेनिटाइज

पोख्रेबुङ : कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्ने उद्देश्यले स्मृति संघ भानुग्रामले गाउँ-घर तथा पोख्रेबुङ खण्ड प्राथामिक स्वास्थ्य केन्द्रको वरिपरि सेनिटाइज गर्यो। स्मृति संघका सभापति मदन प्रधानको अगुवाईमा संघका सदस्यहरूले स्वास्थ्य केन्द्रको प्रमुख सड़क, गाउँ-घर अनि यहाँ बनाइएको क्वारेन्टाइन सेन्टर वरिपरिका गाउँहरूमा सेनिटाइज गरे। उक्त संघका सदस्य काजी तामाङले पोख्रेबुङ स्वास्थ्य केन्द्रका क्वारेन्टाइन सेन्टरबाट केही दिनअघि मात्र सोनादा पचेङ निवासी गुप्ता परिवारका 5 जना सदस्यको कोरोना टेस्टको रिपोर्ट पोजेटिभ आएपछि पनि आजसम्म विभागको पक्षबाट क्वारेन्टाइन सेन्टरमा सेनिटाइज नगरेको बताए। यसको महामारीको समयमा पनि ग्राम पञ्चायत अनि खण्ड विकास अधिकारीहरूले कुनै पहल नगरेको तिनले आरोप लगाए।  गत भ्रमणको समयमा गोजमुमो अध्यक्ष विनय तामाङले सेनिटाइजको निम्ति कीट्स अनि मसिन उपलब्ध गराइदिएकोमा संघको तर्फबाट अध्यक्ष विनय तामाङ तथा पोख्रेबुङ चामोङ 15 नम्बर समष्टि प्रभारी नोबल बम्जनप्रति तिनले आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *