पोख्रेबुङ उच्चतर माध्यमिक विद्यालयको शताब्दी समारोह सम्पन्न

सुकेपोखरी : पोख्रेबुङ उच्चतर माध्यमिक विद्यालय स्थापनाको सय वर्ष पुगेको अवसरमा आज शताब्दी समारोह सम्पन्न गरियो। कोभिड 19-को प्रभावलाई ध्यानमा राखेर पालन गरिएको शताब्दी समारोहमा रूद्र गुरूङ र आईके बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित थिए।


विद्यालयका शिक्षण अशिक्षण कर्मचारी, विद्यार्थीहरू लगायत अन्यको उपस्थितिमा सम्पन्न कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको थियो। कार्यक्रमलाई रूद्र गुरूङ तथा अन्यले सम्बोधन गरेका थिए। स्मरण रहोस्, रूद्र गुरूङका हजुरबाले विद्यालय निर्माणको लागि जमीन दान दिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *