पोख्रेबुङ भेल्ली मेफियर फ्लोरिकल्चर सोसाइटीका 27 जना गोजमुमोमा सामेल

दार्जिलिङ: दार्जिलिङ जिल्लाको मिरिक क्षेत्र अन्तर्गत पर्ने पोख्रेबुङ भेल्ली मेफियर फ्लोरिकल्चर सोसाइटीका 27 जना शीर्ष व्यक्तिहरू पोख्रेबुङ चामोङ समष्टि प्रभारी तथा गोजमुमो पार्टी केन्द्रीय समिति सदस्य नोबल बम्जनको पहलमा गोरामुमो त्यागेर गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। यस अवसरमा गोजमुमो अध्यक्ष बिनय तामङले तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे। यसको साथै तिनले आगामी दिनमा गोरामुमो छोडेर गोजमुमोमा सामले हुने क्रम बढ़ेर जाने दावी गर्दै गोरामुमोका केही शीर्ष नेतृत्वहरूले समेत गोजमुमोमा सामेल हुने इच्छा जाहेर गरेको तिनले बताए। पार्टी सूत्रले दिएको जानकारी अनुसार उक्त फ्लोरिकल्चर सोसाइटीमा मोठ 650 सदस्यहरू छन् भने हालसम्म यी सोसाइटीका सबै सदस्यहरू गोरामुमो पार्टीमा रहेर कार्य गरिरहेका थिए तर आजदेखि तिनीहरूले गोर्खा जनमुक्ति मोर्चामा रहेर कार्य गर्ने अठोट गरेका छन्। आजको समर्थन कार्यक्रममा गोजमुमो अध्यक्ष विनय तामाङ वाहेक केन्द्रीय उपाध्यक्ष सतिश पोर्खेल, महकुमा सचिव पुरण थामी आदि प्रमुख रूपमा उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *