पुलिस अधिकारी शेरप लेप्चा राष्ट्रपति पुलिस पदकले सम्मानित

सिलगढी : निष्ठावान पुलिस अधिकारी शेरप लेप्चालाई राष्ट्रपति पुलिस पदकले सम्मानित जनाइयो। कोलकातामा हिजो सम्पन्न एक भव्य कार्यक्रमबीच शेरप लेप्चालाई उक्त राष्ट्रपति पुलिस पदकले सम्मानित गरियो। पुलिस विभागमा रहेर आफ्नो कार्य खुबै निष्ठापूर्वक गर्नको साथै जनतालाई सेवा पुर्‍याएकोमा राष्ट्रपति पुलिस पदकले तिनलाई सम्मानित गरिएको बताइएको छ। उक्त पदक हत्याएपछि पुलिस विभागका विभिन्न शीर्ष अधिकारीहरू लगायत विभिन्न संघ-संगठनहरूको तर्फबाट तिनलाई बधाई टक्र्याइएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *