पुलिस कमिश्नर गौरव शर्माले दिव्याङ्ग नानीहरूसित मनाए बङ्ग्ला नयाँ वर्ष

 सिलगढी: आज सम्पूर्ण राज्यभरिमैं बङ्ग्ला नववर्ष धूमधामसित मनाइरहेको छ। सिलगढी पुलिस कमिश्नरेटका पुलिस कमिश्नर गौरव शर्माले आज सालुगाढास्थित प्रेरणा एजुकेशनल सेन्टर पुगेर दिव्याङ्ग नानीहरूसित पहिलो बैशाख अर्थात बंगाली नयाँ वर्ष मनाए। यस अवसरमा तिनले दिव्याङ्ग नानीहरूसित खुशी साझा गरे। गौरव शर्माले नव वर्षको उपलक्ष्यमा दिव्याङ् नानीहरूलाई वधाई दिनको साथै उपहार अनि मिठाईहरू पनि वितरण गरे। यसैगरी, दिव्याङ्ग नानीहरूले पनि विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। कार्यक्रममा डीसीपी जय टुडू, एडीसीपी पूर्णिमा शेर्पा, एसीपी राजेन छेत्री, शुवेन्द्र कुमार, रिजर्व अफिसर अमन राजा, भक्तिनगर थाना आइसी अमरेश सिंह सहित पुलिसका अन्य अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *