पुलिस घरमा आएर भोटर कार्ड लगेपछि मतदान गर्न नसकेको गठबन्धन कार्यकर्ताहरूद्वारा स्पेसल अबजर्भेसनलाई अभियोग

सिलगढी : कङ्ग्रेस र सीपीएम गठबन्धनका कार्यकर्ता र समर्थकहरूले पुलिस विरुद्ध अभियोग गरेको छ। राजगञ्ज ब्लकको सन्न्यासीकटाको जुम्मागछमा आज पुनः चुनाउ सम्पन्न भइरहेको छ। त्यहाँका कङ्ग्रेस र सीपीएम गठबन्धनका कार्यकर्ता र समर्थकहरूको आरोप अनुसार पुलिसहरू घरमा आएर तिनीहरूको भोटर कार्ड लगायत अन्य आवश्यक कागजपत्र साथमा लिएर गएकोले गर्दा आज तिनीहरू मतदान गर्न जान सकेका छैनन्। जुम्मागछ बीएफपी स्कुलमा आज बिहानैदेखि पञ्चायत चुनाउको पुनः मतदान शुरू भएको छ। स्पेसल अबजर्भेसनले उक्त बुथको निरीक्षण गरे। त्यस समय तिनीहरूलाई एकजना कार्यकर्ता तथा समर्थकले अभियोग गर्दै भने, तिनका एकजना आफन्तको घरमा पुलिस गएर भोटर कार्ड लगायत अन्य आवश्यक कागजपत्र लिएर गएको छ। रबीउल इस्लाम नाम गरेका अर्का एकजना कार्यकर्ता तथा समर्थकले भने, पुलिस तिनको घरमा पनि गएर भोटर कार्ड लिएर गएकोले गर्दा मतदान गर्न सकेको छैनन्। अर्कोतिर, जलपाईगढी जिल्ला तृणमूलका अध्यक्ष खगेश्वर रायले विपक्षी पार्टीले झुटो प्रचार गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *