पुलिसको पहलमा ‘अपना घर’ वृद्धाश्रमका वृद्ध-वृद्धाहरूले गरे विभिन्न पुजा पण्डालमा माता दुर्गाको दर्शन

सिलगढी : सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले सहरको वृद्धाश्रमका वृद्ध-वृद्धाहरूको लागि विशेष पहल गरे। तिनको पहलमा आज उक्त आश्रमका वृद्ध-वृद्धाहरूले विभिन्न पुजा पण्डालहरू घुमेर माता दुर्गाको दर्शन गर्न पाए। सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट दुईवटा बसमा सवार भएर वृद्धाश्रमका वृद्ध-वृद्धाहरूले सहरको विभिन्न पुजा पण्डालहरू घुम्नको साथै माता दुर्गाको दर्शन पनि गरे। उक्त बससँगै पुलिसको पेट्रोलिङ वाहन र एम्बुलेन्स व्यवस्था पनि गरिएको थियो। पुजा घुम्न जान अघि कमिश्नर गौरव शर्माले सबै वृद्ध-वृद्धाहरूलाई मास्क तथा मिठाई प्रदान गरे। पुलिस अधिकारीहरूले सहरका वृद्ध नागरिकहरूको घर-घरमा गएर पुजाको शुभकामना पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *