पुलिसको परिचय दिएर महिलाको सुनको गर-गहना थुतेर चम्पट कसे 4 जना दुष्कृति

जलपाईगढी : पुलिस चेकिङ चलिरहेको छ भन्दै एउटी महिलाको सुनको गर-गहना छिनताई गरेर 4 जना दुष्कृति चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटना आज दिउँसो जलपाईगढी सहरको उकिलपाडामा घटेको हो। उक्त इलाकामा जडान गरिएको सीसी टीभी क्यामारामा घटना कैद भएको छ। प्रत्यक्षदर्शीहरूको भनाइअनुसार 4 जना दुष्कृतिहरू दुईवटा बाइकमा सवार भएर आएपछि पुलिसको परिचय दिँदै आई कार्ड देखाएर जलपाईगढीको महामायापाडा निवासी शुक्ला चन्दको ब्याग छानबीन गरे। यसपछि तिनीहरूले उक्त महिलालाई सुनको गर-गहना खोलेर ब्यागमा राख्ने निर्देश दिए। महिलाले सुनको गर-गहना खोल्न साथ ती दुष्कृतिहरूले उक्त गर-गहना खोसेर चम्पट कसेको बताइएको छ। पीडित शुक्ला चन्दले बताएअनुसार पुलिसको चेकिङ चलिरहेको छ भन्दै ती 4 जना दुष्कृतिले ब्याग छानबीन गरेपछि सुनको चेन र हातको चुरा खोसेर ती दुष्कृतिहरूले चम्पट कसे। घटनाबारे थानामा अभियोग दर्ता गरेको तिनले बताइन्। जलपाईगढी कोतवाली थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *