पुलिसको तत्परताले चोरी भएको फोन फिर्ता पाइन् मिठु दासले

सिलगढी : सिलगढीको लेकटाउन सनराइज क्लब संलग्न इलाकामा गत 7 फरवरीको दिन एउटी महिलाको हातबाट मोबाइल छिनताई भएको थियो। आज पुलिसले चोरी भएको फोन उद्धार गरेर उक्त महिलालाई सुम्पिदिए। घटनाक्रमअनुसार लेकटाउन निवासी मिठु दासलाई तिनको लोग्नेले भेलेन्टाइन डे-को उपक्ष्यमा एउटा मोबाइल उपहार दिएको थियो। गत 7 फरवरीको दिन तिनी फोनमा बोल्दै गइरहेको समय सिलगढीको लेकटाउन सनराइज क्लब संलग्न इलाकामा बाइकमा सवार 3 जना व्यक्तिले तिनको हातबाट फोन खोसेर चम्पट कसेको बताइएको छ। यसपछि तिनले फोन छिनताई भएको बारे एनजेपी थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी भएको फोन उद्धार गरेर आज तिनलाई सुम्पिदिए। हराएको फोन फिर्ता पाउँदा तिनी निक्कै खुसी हुनको साथै यसको लागि पुलिस प्रशासनलाई धन्यवाद दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *