पुलिसले चोरी भएको स्कूटी उद्धार गरेर सुम्पिए मालिकलाई

सिलगढी (निसं): एनजेपी पुलिसले चोरी गरेको स्कूटी उद्धार गरेको छ।  सूत्र अनुसार गत केही दिन अघि एनजेपीको अम्बिका नगर इलाकाबाट एउटा स्कूटी उद्धार गरिएको थियो। यसपछि पुलिसले स्कूटीको मालिकलाई खोजी गर्न थाले। गत 8 अगस्त फूलबाड़ी पूर्व धनतला इलाकामा एउटा घरको अघिल्तिर राखेको स्कूटी चोरी भएको बारे मौखिक अभियोग थानामा दर्ता गरेको थियो। जाँचको आधारमा अम्बिका नगर इलाकाबाट उद्धार गरेको स्कूटी पूर्व धनतलाको अभियोगकर्ता प्रसेनजीत दासको रहेको पुलिसले पत्तो लगाए पछि तिनीसित सम्पर्क गरे। आज एनजेपी थाना पुलिसले उपयुक्त प्रमाण जाँच गरेपछि प्रसेनजीत दासलाई स्कूटी सुम्पिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *