पुलिसले वाहनबाट पाँच लाख रुपियाँ गर्‍यो उद्धार, जाँच जारी

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको भक्तिनगर थाना पुलिसले आज डन बस्को मोड़मा नाका चेकिङ अवधि एउटा वाहनबाट पाँच लाख रुपियाँ नगद उद्धार गरेको छ। यस मामिलामा अजीत कुमार चौधरी र मन्तोष यादव नाम गरेको दुईजना व्यक्तिलाई हिरासतमा लिएर सोधखोज गरेपछि छोडिदिएको बताइएको छ। दुवै बिहारको दलखोला निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज बिहान डन बस्को मोड़ नजिक एउटा वाहनभित्र दुईजना व्यक्ति अजीत र मन्तोष धेरैबेरसम्म बसिरहेको देखेपछि भक्तिनगर थाना पुलिसले सन्देहको आशंकामा वाहनको छानबीन गर्दा चालकको सीटमुनिबाट एउटा ब्यागमा राखिएको पाँच लाख रुपियाँ नगद उद्धार गरेको बताइएको छ। यसपछि ती दुवैलाई सोधखोजको लागि थानामा लैजानको साथै चुनाउ आयोगलाई पनि यसबारे जानकारी दिए। तिनीहरूसित घण्टौसम्म सोधखोज गर्दा पनि सटीक यसको कागजपत्र पेश गर्न नसकेपछि दुईजनालाई छोडे तापनि पुलिसले चुनाउ आचार संहिताको नियमलाई पालन गर्दै उक्त रुपियाँ जफत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *