पुलिस प्रशासनले कार्वाही शुरू गरेपछि टोटो चालकहरूले गरे मेयरको घर अघि विक्षोभ, केही चालकहरू हिरासतमा

सिलगढी : टोटोलाई लिएर सिलगढीमा पुलिस प्रशासनले कठोरताको साथ पदक्षेप शुरू गरेपछि फेरि टोटो चालकहरूले आन्दोलन शुरू गरेको छ। यस अवधि पुलिसले धेरैजना टोटो चालकहरूलाई हिरासतमा लिएको छ। मेयर गौतम देवको घर अघि आज टोटो लिएर चालकहरूले विक्षोभ प्रदर्शन शुरू गरे। सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर 8 जना टोटो चालकहरूलाई हिरासतमा लिएको छ। आगामी 21 अप्रेलदेखि सिलगढी सहरको मुख्य सडकमा टोटोहरू चलाउन निषेध रहेको पुलिस प्रशासनले निर्देशिका जारी गरेपछि आज दिउँसो सिलगढीको एनटीएस मोड नजिक केही टोटो चालकहरूले विक्षोभ प्रदर्शन गरे। मुख्य सडकमा टोटो चलाउन दिइनुपर्ने ती विक्षोभकारीहरूले माग गरे। यस अवधि एनटीएस मोडमा केही टोटो चालकहरूले अन्य टोटोहरूलाई रोकेर यात्रीहरूलाई टोटोबाट उत्रिन लगाए। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर केही टोटो चालकहरूलाई हिरासतमा लिएको छ। अर्कोतिर, 17 नम्बर वारडस्थित मेयर गौतम देवको घर अघि केही टोटो चालकहरूले विक्षोभ प्रदर्शन गरे भने पुलिस घटनास्थलमा पुगेर केही चालकहरूलाई हिरासतमा लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *