पुलिससित हातापाई तथा काममा बाधा दिएको आरोपमा 4 पक्राउ, 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश

सिलगढी : देवीडाङ्गा इलाकामा गत राति प्रधान नगर थानाका एसआई देवाशीष दास लगायत तिनको टोलीलाई कुटपीट गरेको आरोपमा पुलिसले 4 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले कुश कुमार गुप्ता, विष्णु महन्तो, राकेश जायसवाल, सन्दीप गुप्ता सामेल छन्। पक्रा परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गरेर 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। प्राप्त जानकारी अनुसार  एकजना दुष्कृतिको खोजीमा प्रधान नगर थानाका एसआई देवाशीष दास आफ्ना टोलीको साथमा देवीडाङ्गा इलाकामा गएका थिए। उक्त दुष्कृतिलाई पक्रिने क्रममा स्थानीय मानिसहरूले बाधा दिनको साथै एसआई देवाशीष दास तथा तिनको टोलीसित हातापाई गरेको बताइएको छ। घटनामा एसआई देवाशीष दास घाइते भएपछि हाल तिनको सिलगढी जिल्ला अस्पतालमा उपचार चलिरहेको छ। परिस्थिति नियन्त्रण गर्नको लागि गत अबेर राति धेरै संख्यामा पुलिस बल घटनास्थलमा पुगेर पुलिससित हातापाई गरेको साथै काममा बाधा दिएको आरोपमा चारजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *