पुलिस थानामा आउनेहरूलाई सेनिटाइजरले हात धुन अनिवार्य

जलपाईगढी : जलपाईगढी कोतवाली थाना पुलिसले कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्ने उद्देश्य लिएर थानामा आउने पुलिस कर्मी तथा अन्य मानिसहरूले सेनिटाइजरले हात धुएपछि मात्र भित्र प्रवेश गर्ने अनुमति दिएको बताइएको छ। कोतवाली थाना आईसी विश्वाश्रय सरकारलगायत अन्य पुलिसकर्मीको सहयोगितामा कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्नको लागि उक्त पहल गरिएको हो। यसबाहेक बाहिरबाट आउने प्रत्येक मानिसहरूलाई कोरोना भाइरसबाट कसरी बाँच्न सकिन्छ भन्ने विषयमा कोतवाली थानाको पक्षबाट जागरूक गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *