पुलिस भ्यानको ताला भत्काएर चम्पट कसे 4 जना आरोपी

सिलगढी : जलपाईगढी अदालतमा लगिरहेको समय पुलिस भ्यानको ताला भत्काएर 4 जना आरोपीहरू चम्पट कसेको घटना प्रकाशमा आएको छ। सुइँकुच्चा ठोकेका आरोपीहरूमा सुलतान, मकसेदुल नेताजी नगर निवासी अनि प्राणेश अधिकारी र राकेश मिस्त्री खोलाचन्द फापरी निवासी रहेको पुलिस सूत्रले जनाएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार भागेका चारजना आरोपीहरूमध्ये 2 जना रिमान्डमा रहेको साथै अन्य 2 जना चोरीको आरोपमा पक्राउ गरेको थियो। यी चारजना आरोपीहरूलाई आज जलपाईगढी अदालतमा लगिरहेको समय सिलगढीको सेभोक मोड नजिक पुलिस भ्यानको ताला भत्काएर भागेको बताइएको छ। सिलगढी पुलिस कमिश्नरेटका पुलिस कर्मीहरूले सहरको विभिन्न ठाउँहरूमा यी चारजना आरोपीहरूको खोजी अभियान चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *