पुलिस वाहनको चपेटमा परेर युवकको मृत्यु

सिलगढी : पुलिस वाहनको चपेटमा परेर करण छेत्री नाम गरेको युवकको मृत्यु भएको छ। उक्त घटना सिलगढी प्रधाननगरको बाघाजतीन कोलनीमा घटेको हो। पुलिसले वाहन चालकलाई हिरासतमा लिएको छ। मृतकका दाजु पूरण छेत्रीले बताएअनुसार पुलिस वाहन बाघाजतीन कोलनीतर्फ गइरहेको समय अनियन्त्रित भएर नालीमा झर्यो। यसपछि मेरो भाई वाहनलाई धक्का दिएर नालीबाट निकाल्ने प्रयास गरिरहेको समय वाहनको ब्याक गियर लगाउँदा वाहनको चपेटमा परेर तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। गम्भीर घाइते अवस्थामा करण छेत्रीलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरले तिनलाई मृत घोषित गरिदिए। उक्त वाहन चालकले रक्सी पिएको स्थानीय मानिसहरूले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *