पीपीई किट ट्रकको दैलोमा झुन्डिएको अवस्थामा देखेपछि आतङ्कित 

राजगञ्ज: ट्रकको दैलोमा उपयोग गरेको पीपीई किट झुन्डिरहेको देखेपछि राजगञ्जको फुलबारीमा हो-हल्ला मच्चियो। उक्त ट्रकका चालकले भाड़ा पाए तापनि ट्रक चलाउन डराइरहेका छन्। यस सम्बन्धमा ट्रकका मालिक रबीउल हकले बताएअनुसार एशियन हाईवे 2-को फुलबारीस्थित एउटा निजी अस्पताल नजिक उक्त ट्रक राखेका थिए। आज अचानक तिनले ट्रकको क्याबिनको दैलोमा प्रयोग गरेको एउटा पीपीई किट झुन्डिएको देखे। समान लैजानको लागि तिनले भाडा पाए तापनि डरले गर्दा चालकले उक्त ट्रक चलाउन मानेका छैनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *