पीपीएस भनेको अलग राज्य होइन : भाजपा नेता सायन्तन बसु

सिलगढी : दार्जिलिङ पहाड तराई, डुवर्सको निम्ति स्थायी राजनैतिक समाधान अनिवार्य रहेको तर पीपीएस भनेको अलग राज्य होइन भनी भाजपाले स्पष्ट रूपमा बताएको छ। आज भाजपाका राज्य सचिव सायन्तन बसुले स्थायी राजनैतिक समाधान के हुन्छ भनी सोधिएको एउटा प्रश्नको जवाबमा राष्ट्रिय च्यानलहरूलाई दिएको साक्षात्कारमा पीपीएस राज्यभित्रको कुनै व्यवस्था हुनसक्छ भनी बताए। तिनले दार्जिलिङ पहाडको लागि छैटौँ अनुसूची अथवा बङ्गालभित्रकै कुनै पनि जीटीएभन्दा शक्तिशाली व्यवस्था हुनसक्ने बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *