पीपीएस लगायत चुनाउबारे भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको बैठक

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको बैठक आज दार्जिलिङस्थित एउटा होटलमा सम्पन्न भयो। उक्त बैठकपछि पार्टीका महासचिव अमर लामाले दिएको जानकारीअनुसार बैठकमा उपस्थित पार्टीका शीर्ष नेतृत्वहरूमाझ आगामी चुनाउलाई लिएर व्यापक चर्चा परिचर्चा गरियो। यसको साथै पीपीएसबारे राजनैतिक कसरत गर्न पार्टीले आजको सभामा एउटा 7 सदस्य समिति पनि गठन गरेको छ।


उक्त कमिटीमा क्रमैले अमर सिंह राई, अमर लामा, ज्योति राई, डीके प्रधान, छिरिङ लामा दाहाल, रूदेन सादा लेप्चा, तिलक रोका सामेल छन्। यसबाहेक पार्टीका अध्यक्ष अनित थापाको प्रमुख उपस्थितिमा भूतपूर्व सैनिकहरूको दीर्घकालीन माग दार्जिलिङ जिल्ला सैनिक बोर्डमा सेक्रेटरी स्थायी रूपमा बस्ने तथा कालेबुङ जिल्ला सैनिक बोर्ड बनाउनेबारे पहल अब चाँडै शुरू गरिने आजको बैठकमा निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *