प्रा. अमिताभ कान्जीलाल 10 अक्टोबरदेखि सस्पेन्ड

सिलगढी : जाँच कमिटीको निर्णय अनुसार आगामी 10 अक्टोबर अर्थात् भोलिदेखि सिलगढी कलेजको राजनीति विज्ञानका प्राध्यापक अमिताभ कान्जीलाललाई सस्पेन्ड गरिने भएको छ। स्मरण रहोस्, गत केही दिन अघि प्राध्यापक कान्जीलालले कलेजका एकजना छात्रालाई परीक्षामा उत्तीर्ण गराउनको लागि रुपियाँ मागेको अडियो क्लिप भाइरल भएपछि कलेज कर्तृपक्षले तिनलाई सो कज नोटिस पठाएको थियो। उक्त घटनाको जाँचमा जुटेको कमिटीले आज एउटा रिपोर्ट पेश गरेको छ। उक्त रिपोर्टपछि यस घटनाको विभागीय जाँच शुरू गरिने साथै जाँच प्रक्रिया जारी रहुञ्जेलसम्म तिनलाई सस्पेन्ड गरिने निर्णय लिएको छ। सरकारी नियमअनुसार नै आरोपी प्राध्यापक कान्जीलाललाई सस्पेन्ड गर्ने निर्णय लिएको सिलगढी कलेजका जाँच कमिटीका अध्यक्ष सुजीत घोषले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *