प्रबन्धकहरू भागेपछि बन्सल कम्पनी र सरकारसित सम्पर्क गरिरहेको छु : अनित थापा

दार्जिलिङ : बन्सल कम्पनी अधीनस्थ चियाकमानका म्यानेजरहरूले रातारात बङ्ग्लो छोडेर भागेको खबर पाएको कुरा जीटीए प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। तिनले बताएअनुसार उक्त खबर पाउन साथ ट्रेड युनियनका सबैसित लगातार सम्पर्क गरिरहेको साथै आज बिहान दार्जिलिङ जिल्लापालसित पनि उक्त घटनालाई लिएर आफूले कुराकानी गरे। यसको घटना भएको चियाकमान क्षेत्रका सभासद्‌हरूलाई श्रमिकहरूको साथमा रहने आदेश दिएको तिनले बताए। यसबाहेक बन्सल कम्पनी र सरकारसित आफूहरूले लगातार सम्पर्क गरिरहेको तिनले जानकारी गराएका छन्। तिनले भने, श्रमिकहरूलाई यो समय दुःख परेको छ। यसैले यसबारे राजनीति होइन तर 10 वटा कमानका श्रमिकहरूको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा ध्यान दिऊ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *