प्रवीण रहपालविरुद्ध रूदेनको नोटिस, प्रमाण सिद्ध गर्न 15 दिनको समय

कालेबुङ : हालै गोजमुमो विनय खेमा त्यागेर बिमल पन्थीलाई समर्थन जनाउने कालेबुङका प्रवीण रहपालविरुद्ध कालेबुङका विधायक तथा गोजमुमो नेता रूदेन सादा लेप्चाले आज आफ्नो वकील मार्फत् नोटिस जारी गरेका छन्। उक्त नोटिसमा रहपालले रूदेन लेप्चामाथि लगाएको 30 करोड रुपियाँ हिनामिना गरेको आरोप सिद्ध नगरे रूदेनले तिनीविरुद्ध उच्च न्यायलयमा मानहानीको मुद्दा दर्ता गर्ने बताएका छन्। उक्त आरोपको प्रमाण सिद्ध गर्नको लागि प्रवीण रहपाललाई 15 दिनको समय दिएको छ। स्मरण रहोस्, गत केही दिन अघि गोजमुमो कालेबुङ जिल्ला विनय पन्थीका शीर्ष नेतृत्व प्रवीण रहपालले पार्टी छोड्ने घोषणा गर्दै रूदेन सादा लेप्चाले विकासको निम्ति आएको धेरै रकम हिनामिना गरेको पत्रकार सम्मेलन मार्फत् आरोप लगाएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *