प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचार भएको आरोप लगाउँदै भाजपा-द्वारा विरोध प्रदर्शन

सिलगढी : प्रधानमन्त्री आवास योजनामा तृणमूल कङ्ग्रेसले भ्रष्टाचार गरिरहेको छ। आवश्यकमन्दहरूको बद्ली तृणमूल कार्यकर्ताहरूलाई आवास योजनामार्फत् घर बनाइ दिइरहेको छ। भारतीय जनता पार्टीको फुलबारी मण्डल कमिटीले आज विविध आरोप लगाउँदै एनजेपी थाना संलग्न हरिपुर साहुडाङ्गी इलाकाको फुलबारी ग्राम पञ्चायत कार्यालयमा एउटा ज्ञापन पत्र चढायो। भाजपा नेता तथा कार्यकर्ताहरू आज एउटा र्‍यालीको माध्यमद्वारा पञ्चायत कार्यालय पुगेर धरना प्रदर्शन गर्नको साथै प्रधानमन्त्री आवास योजनाको अभियोग लगायत चार सूत्रीय मागलाई लिएर प्रधानलाई एउटा ज्ञापन पत्र पनि सुम्पे। यस सम्बन्धमा भाजपाका जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामीले भने, केन्द्र सरकारले गरीब मानिसहरूको लागि आवास योजनामार्फत् घर बनाइरहेको छ। तर तृणमूल कङ्ग्रेसले यसको फाइदा उठाइरहेको छ। यसैले आज यसको विरोध जनाउँदै पञ्चायत प्रधानसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *