प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचारको आरोप लगायत विविध मागमा भाजपा-द्वारा राजगञ्जको बीडीओलाई ज्ञापन

राजगञ्ज : प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचारको आरोप लगायत विविध मागलाई लिएर भाजपा-ले राजगञ्जको बीडीओ अफिसमा एउटा ज्ञापन पत्र चढायो। राजगञ्जको फाटापुकुर र सुभाषपल्ली इलाकाका कार्यकर्ता तथा समर्थकहरूले 13 सूत्री मागलाई लिएर राजगञ्जका बीडीओलाई ज्ञापन पत्र चढाए। यस अवधि भाजपा जलपाईगढी जिल्लाध्यक्ष बापी गोस्वामी, उपाध्यक्ष दिलीप चौधरी, डाबग्राम-फुलबारीकी विधायक शिखा च्याटर्जी, भाजपा किसान मोर्चाका जिल्लाध्यक्ष नकुल दास, भाजपाका राजगञ्ज ब्लक अध्यक्ष निताई मण्डल लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा भाजपा जिल्लाध्यक्ष बापी गोस्वामीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पश्चिम बंगालको गरिब मानिसहरूलाई घर प्रदान गरिरहेको छ। तर ती गरिब मानिसहरूलाई वञ्चित गरेर समाजका आर्थिक रूपमा सम्पन्न मानिसहरूलाई घर उपलब्ध गराइरहेको छ। यसैको विरोधमा जिल्लाको विभिन्न ठाउँहरूको क्षेत्रीय कार्यालय तथा बीडीओ कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छौँ। आज पनि केही मागलाई लिएर राजगञ्जको बीडीओ कार्यालयमा ज्ञापन पत्र चढाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *