प्रधानमन्त्रीद्वारा अलिपुरद्वारमा आकाशवाणीको एफएम ट्रान्समिटरको भर्चुअल उद्घाटन

अलिपुरद्वार : प्रधानमन्त्री नरेन्द्र मोदीले अलिपुरद्वार जङ्क्शन रेलवे अस्पताल संलग्न इलाकामा एफएम ट्रान्समिटरको भर्चिअल उद्घाटन गरे। आज बिहान अलिपुरद्वार जङ्क्सन रेलवे अस्पताल संलग्न इलाकामा आकाशवाणी एफएम ट्रान्समिटरको प्रधानमन्त्री मोदीले भर्चुअल उद्घाटन गरे। आज देशभरिमै 91 वटा आकाशवाणी एफएम ट्रान्समिटर सहित यता अलिपुरद्वार जङ्क्शन रेलवे अस्पताल संलग्न इलाकामा पनि 102.2 मेगाहर्ट्ज एफएम ट्रान्समिटरको भर्चुअल उद्घाटन गरियो। अलिपुरद्वारको उद्घाटन कार्यक्रममा केन्द्रीय राज्य मन्त्री जोन बारला, उत्तर पूर्व सीमान्त रेलवेको अलिपुरद्वार जङ्क्शन विभागका विभागीय प्रबन्धक दिलीप कुमार सिंह लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *