प्रधानमन्त्री गरिब कल्याण अन्‍न योजनाबाट चियाश्रमिकहरू वञ्चित

सिलगढी : लकडाउन अवधि गरिब जनतालाई कुनै समस्या नहोस् भन्ने विषयलाई ध्यानमा राखेर केन्द्र सरकारले प्रधानमन्त्री गरिब कल्याण अन्‍न योजनाको शुरू गरेको थियो। उक्त योजना अन्तर्गत गरिबहरूलाई पाँच किलो निःशुल्क गहुँ, चामल र एक किलो चाना दिइरहेको छ। तर सिलगढी महकुमाको विभिन्न चियाकमानका चियाश्रमिकहरूले उक्त सामग्रीहरू नपाएको आरोप लगाउँदै उत्तरबंग चाय श्रमिक अधिकार मञ्चले आवाज उठाएको छ। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उत्तरबंग चाय श्रमिक अधिकार मञ्चका अध्यक्ष राज कुमार कश्यपले मतिगढा, फाँसीदेवा, नक्सलबारी र खोरीबारी गरेर चारवटा ब्लकको 41 वटा चियाकमानका चियाश्रमिकहरू प्रधानमन्त्री गरिब कल्याण अन्‍न योजनाको अन्नबाट वञ्चित रहेको बताए। यस सम्बन्धमा राज्य खाद्य विभागसित सम्पर्क गर्दा केवल डिजिटल कार्ड भएकाहरू मात्र उक्त योजना अन्तर्गत आउनेछन्। यस सम्बन्धमा एउटा मामिला हाल उच्च अदालतमा चलिरहेकोले यसको सुनवाई भएपछि मात्र नयाँ कार्ड बनाउन सकिने खाद्य विभागले जनाएको छ। लकडाउन अवधि केवल प्रवासी श्रमिकहरूलाई मात्र दुई महीनाको लागि उक्त योजना अन्तर्गत चामल दिइएको साथै लकडाउन समाप्त भएपछि अब चामल दिन बन्द गरेपछि चियाश्रमिक लगायत प्रवासी श्रमिकहरूहरू समस्याको साथमा दिन बिताइरहेको तिनले बताए। यसैले उक्त समस्याको चाँडै समाधान गरिदिने तिनले  निवेदन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *