प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत जीटीएद्वारा निर्मित सडक मार्गमा व्यापक भ्रष्टाचार भएको गोरामुमोको आरोप

सोनादा: गोरामुमो सोनादा टाउन कमिटीले सोनादा पेट्रोल पम्पदेखि भालुटार हुँदै मिलिङ बस्ती नाली चाउरसम्म पुग्ने सडक मार्गको निरीक्षण गरेको छ। टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री अनि खरसाङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङ साथै टाउन कमिटीका सदस्यहरुद्वारा निरीक्षण गरिएको उक्त सडक मार्ग अतिनै चिन्ताजनक अवस्थामा रहेको बताइएको छ। गोरामुमो नेता रुस्तम छेत्रीले मिडिया मार्फत जानकारी गराउँदै यो सडक मार्ग एउटा बैकल्पिक मार्ग पनि रहेको तर प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत बनिएको यो सडक मार्ग चिन्ताजनक अवस्थामा रहेको बताए। तिनले अझ भने,लोकसभा साथै विधानसभा चुनाउ अघि यस सडक मार्गलाई मरमति गरिने छ भनेर गोजमुमो बिनय पन्थीले धेरैपल्ट नरिवल पनि फुटाएका हो। मरमतिको लागि सर-सामानहरु पनि ल्याएर राखेका छन्। धेरै स्थानमा मर्मत गर्छु भनेर खल्डा खनेर लथालिङ्ग अवस्थामा छाडिएको छ। यस्तो अवस्थामा कुनै किसिमको दुर्घटना घटे यसको जिम्मेवारी कसले लिने भनेर तिनले प्रश्न गर्दै ठेकेदारले सही ढंगले कार्य नगरेको हो अथवा मिलेरनै भ्रष्टाचार गरेको हुनपर्छ भनी आरोपल लगाएका छन्।

तिनले बिकासको नाममा सोनादामा धेरै हिनामिना गरेको आरोप लगाउँदै सोनादा ग्यारेज लाइन देखि रम्बुक सिडर्ससम्म जाने सडक मार्ग पनि त्यस्तै रहेको र ग्यारेज लाइन मुनि बनिएको पुल चिन्ताजनक अवस्थामा रहेको कारण कुनै पनि समयमा दुर्घटना हुन सक्ने बताइएको छ।यसको साथै जुन तरिकाले पुलको निर्माण कार्य गरिएको छ यसबाट पुल निर्माण कार्यमा व्यापक भ्रष्टाचार भएको बुझ्न सकिन्छ भनी रुस्तम छेत्रीले जानकारी दिएका छन्। सोनादा जोरखोलादेखि पेट्रोल पम्पसम्म पीएचईद्वारा पानीको निम्ति पाइप लाइन बिछ्याउने कार्य गर्यो। उक्त क्षेत्रका जनता अतिनै हर्षित थिए तर अचानक बिछ्याइएको पाइप सबै उठाएर लगे यस्तो किसिमको धाँधली छ सोनादामा तिनले भने। अब पनि उक्त सडक मार्ग सही ढंगले मरमति गरिएन भने कठोरताको साथमा विरोध गर्ने साथै सम्बन्धित विभागहरुमा फेरि पनि जानेछौ भनी रुस्तम छेत्रीले जनाएका छन्। जीटीएले केवल भ्रष्टाचार मात्र गरेको छ आरोप लगाउँदै यसले गोर्खा जातिको भविष्यलाई साकार पार्दैन, यसलाई अब जनताले फ्याँक्नु पर्ने बताएका छन्। अब कुनै पनि नेता अनि ठेकेदारलाई छोड्दैनौ जनताको निम्ति आएको साहुलियत जनतालाई सही ढंगले दिनु पर्छ भन्ने रुस्तम छेत्रीले मिडिया मार्फत चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes