प्रधानमन्त्रीले कोरोना भ्याक्सिनबारे मुख्यमन्त्रीहरूसित आज बैठक गर्ने

नयाँ दिल्ली: कोरोना महामारीले संसारभरिकै मानिसहरूलाई धेरै महिनासम्म आतङ्कित पारेपछि अब त्यसको भ्याक्सिन लगाइने भएकोले मानिसहरूले राहतको श्वास फेरेका छन्। यसै क्रममा देशभरिमै आगामी 16 जनवरीदेखि कोरोनाको टीकाकरण शुरू गरिने भएको छ। उक्त टीकाकरण शुरू गरिन अघि प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशका सबै राज्यका मुख्यमन्त्रीहरूसित एउटा बैठक गर्ने भएका छन्। प्राप्त जानकारीअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले आज अपरान्ह 4 बजी भीडियो कन्फ्रेन्सको माध्यमद्वारा मुख्यमन्त्रीहरूसित कुराकानी गर्ने छन्। यस बैठकमा कोरोना भ्याक्सिनको टीकाकरणबारे मुख्यमन्त्रीहरूसित तिनले विचार-विमर्श गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *