प्रधानमन्त्रीले सबै राज्यका मुख्यमन्त्रीहरूसित आज भीडियो कन्फरेन्स गर्ने

नयाँ दिल्ली : कोरोना भाइरसको सङ्कट देशका केही ठाउँहरूमा देखापरेपछि आज प्रधानमन्त्री नरेन्द्र मोदीले अपरान्ह 4 बजी देशको सबै राज्यका मुख्यमन्त्रीहरूसँग भीडियो कन्फरेन्सको माध्यमद्वारा बैठक गर्ने भएका छन्। भारतमा कोरोना भाइरसको सङ्क्रमणले मर्नेहरूको सङ्ख्या हालसम्म 4 पुगेको छ। तथापि भारतमा कोभिड-19 कम्युनिटी ट्रान्समिशन शुरू नभएको इन्डियन काउन्सिल अफ् मेडिकल रिसर्च (आईसीएमआर)-ले दावी गरेको छ। स्मरण रहोस्, यसभन्दा अघि देशलाई सम्बोधन गर्दै हिज बेलुकी प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 22 मार्चको बिहान 7 बजीदेखि 9 बजीसम्म जनता कर्फ्यूको घोषणा गरेका छन्। अति आवश्यक सेवामा संलग्न मानिसहरूबाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्किदिने तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *