प्रधानमन्त्री मोदीले आज राति 8 बजी देशवासीलाई सम्बोधन गर्ने

नयाँ दिल्ली: देशमा कोरोना भाइरसको बढ़दो संक्रमणलाई ध्यानमा राखेर यसबारे अप्नाउनु पर्ने पहलबारे आज राति 8 बजी प्रधानमन्त्री नरेन्द्र मोदीले एकपल्ट फेरि देशवासीलाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले ट्वीट गरेर यसबारे घोषणा गरेको छ। तिनले ट्वीट्मा उल्लेख गरे अनुसार वैश्विक महामारी कोरोना भाइरसको बढ़दो प्रकोपको सम्बन्धमा केही अति आवश्यक कुराहरू देशवासीहरूलाई साझा गर्ने भएका छन्। यसभन्दा अघि प्रधानमन्त्रीले गत 19 मार्चको दिन देशको जनतालाई सम्बोधन गर्दै कोरोना भाइरससित लड़्नको लागि गत 22 मार्चको दिन जनता कर्फ्यू-को अपील गरेका थिए।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *