प्रधानमन्त्री मोदीले वार मेमोरियलमा शहीदहरूको स्मरण गर्दै जलाए ‘स्वर्णिम विजय मशाल’

नयाँ दिल्ली: भारत र पाकिस्तान माझ सन् 1971 मा भएको युद्धमा देशले विजय हासिल गरेको 50 वर्ष पुगेको उपलक्ष्यमा आज प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित नेशनल वार मेमोरियलमा स्वर्णिम विजय मशाल प्रज्जवलित गरे। पीएम मोदीले यस अवसरमा 1971 को युद्ध लड्ने जवानहरूलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरे। यसैगरी, रक्षा मन्त्री राजनाथ सिंहले राष्ट्रीय समर स्मारकमा स्वर्णिम विजय वर्ष लोगोको अनावरण गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले विजय दिवसको अवसरमा विजय ज्योति यात्रालाई राजधानी दिल्लीबाट प्रस्थान गराए। उक्त विजय ज्योति यात्रामा चार वटा विजय मशाललाई एक वर्षको अवधिमा सम्पूर्ण देशको छाउनी क्षेत्रहरूको परिभ्रमण गराइने छ। यसमा 1971-को युद्धमा परमवीर चक्र साथै महावीर चक्र विजेता सैनिकहरूको गाउँ पनि सामेल रहेको छ। आउँदो वर्ष नयाँ दिल्लीमा पुगेर यो मशाल यात्राको समापन गरिने छ। विजय दिवसको उपलक्ष्यमा केन्द्रीय गृह मन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, कांग्रेस नेता राहुल गाँधीले देशवासीहरूलाई बधाई दिए। स्मरण रहोस, भारतमा प्रत्येक वर्ष 16 दिसम्बरलाई विजय दिवसको रूपमा मनाइने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *