प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको उपलक्ष्यमा सिलगढीमा भाजपाद्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : प्रधानमन्त्री नरेन्द्र मोदीको 71औँ जन्मदिनको उपलक्ष्यमा भारतीय जनता पार्टी युवा मोर्चा सिलगढी सांगठनिक जिल्लाको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। सिलगढीको 39 नम्बर वार्डको हैदरपाडास्थित एउटा भवनमा उक्त शिविरको आयोजना गरिएको छ। जलपाईगढीका सांसद जयन्त रायले दीप प्रज्ज्वलन गरेर उक्त शिविरको उद्घाटन गरे। उक्त शिविरमा संग्रह गरिएको रगत सिलगढी जिल्ला अस्पतालमा पठाइनेछ। यस अवसरमा जलपाईगढीका सांसद जयन्त रायले बताएअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको उपलक्ष्यमा भाजपाको तर्फबाट एउटा रक्तदान शिविरको आयोजना गरिएको छ। प्रधानमन्त्रीले देशको लागि विविध कार्यहरू गरिरहेकोले तिनको जन्मदिनको उपलक्ष्यमा देशभरिमै सेवा एवम् समर्पण अभियानको रूपमा पालन गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *